Logo

राष्ट्रियसभाका २० सांसद पदमुक्त हुँदै (नामसहित)

                     
Logo ८ कार्तिक २०७८, सोमबार १९:०७    

८ कात्तिक काठमाडौँ ।

राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुनमा रिक्त हुने भएको छ । राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालसहित २० सदस्यको पद रिक्त हुने भएको हो । पदमुक्त हुनेमा सबैभन्दा धेरै सांसद प्रमुख प्रतिपक्षी नेकपा एमालेका छन् ।

नेकपा एमालेका ८, नेकपा माओवादी केन्द्रका ४, नेकपा ९एकीकृत समाजवादी० का ४, नेपाली कांग्रेसका ३ र मनोनित एक सांसद बिदा हुनेछन् । निर्वाचन आयोगले रिक्त २० सदस्यको निर्वाचन गर्न माघ पहिलो साता सिफारिस गरेको छ।

सांसदहरु

अगम प्रसाद वान्तवा राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

उषा शर्मा पौडेल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

कविता बोगटी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

कोमल वली, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

खिम कुमार वि।क, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

दुर्गा नारायण पाण्डेय, (नेपाली कांग्रेस)

जीवन बुढा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

ठगेन्द्र प्रकाश पुरी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

तारा देवी भट्ट, (नेपाली कांग्रेस)

दीनानाथ शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

नैनकला ओझा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

परशुराम मेथ्री गुरुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

राधेश्याम अधिकारी, (नेपाली कांग्रेस)

राम लखन चमार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)

रामनारायण बिडारी, मनोनित

शशिकला दाहाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)

शान्ती कुमारी अधिकारी जिसी, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

शेरबहादुर कुवर, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)

सुमनराज प्याकुरेल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)


लोकप्रिय छुटाउनुभयो कि ?