१६ कात्तिक ,कञ्चनरुप


सप्तरीको कञ्चनरुप नगरपालिकाले कार्यलयबाट प्रदान हुने सम्पुर्ण सेवाहरु बन्द गरिएको भन्ने सूचना प्रकासन गरी सेवा बन्द गरको प्रति पाँच राजनीतिक दलले आपत्ति जनाएका छन ।
पाँच राजनीतिक दल आज कञ्चनरुपको आर्दश टोलमा बसेको संयुक्त्त बैठकबाटलेटरप्याड र स्टाम्पको दुरुपयोग गरि हस्ताक्षर बिनाको सूचना जारी गर्नु आफैमा आपत्तिजनक भएको भन्दै प्रेश विज्ञप्ति जारी यस्तो जनाएका हुन ।

नेपाली काङग्रेसका नगरसभापति बोधराज पोखरेल, नेकपा माओवादी केन्द्रका नगर संयोजक रामबिहारी राउत,नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष बिष्णुदेव चौधरी, जनता समाजवादी पार्टी नगर अध्यक्ष सुदम्बर यादव र जनमतपार्टीका नगर अध्यक्ष अनिल पजियारले मंगलबार एक विज्ञप्ति जारी गरेका हुन ।
विज्ञिप्तिमा भनिएको छ,‘नगरपालिका जस्तो नियमनकारी स्थानीय सरकारको नेतृत्व गरिरहेका मेयर लगायतका जनप्रतिनिधिको अगुवाईमा स्वयं नगरपालिका बन्द गर्ने जस्तो गैरकानूनी हर्कत गर्नु खेदजनक छ ।’
विज्ञप्तिमा भनिएको छ,‘बिगत ४ बर्ष देखि नगरपालिका भ्रष्टाचार, अनियमितता र मनपरितन्त्रमा चुल्लुम्म डुवैको छ । नगरपालिकाको कार्यकारी अधिकृत निजामति कर्मचारी हुर्ने बैधानिक ब्यबस्था छ तर योग्यता पुगेका सिनियर कर्मचारी हुदाहुदै तत्कालिन जिल्ला बिकाश समितिको भ्रष्टाचार पाठशाला पढेका स्थानीय तहका कर्मचारी नवराज खडकालाई भ्रष्टाचारलाई सस्थागत गर्ने उद्धेश्यले लामो समयदेखि निमित्त कार्यकारी अधिकृत बनाएर राखिएको छ ।
अर्कोतर्फ नियमित सरुवा प्रकृयाबाट सरुवा भई आएकी कार्यकारी अधिकृतलाई महिला भएकै कारण हाजिर हुन नदिएको भन्ने बुझिएको छ । मेयरलगायतका जनप्रतिनिधिहरुको यस्तो क्रियाकलाप महिला मानवअधिकारको समेत ठाडो उलंघन हो भन्ने हाम्रो ठहर छ । ’
‘नगरपालिकाको जनप्रतिनिधिहरुको यस्ता अनैतिक, अबैधानिक एवं स्वैच्छारी गतिबिधिलाई हामी मुकदर्शक बनेर हेरी बस्न सक्दैनौ । त्यसैले अबरुद्ध नगरपालिकाको सेवा अबिलम्ब सुचारु गर्न माग गर्दछौ । तसर्थ नगरपालिकाको यस्ता गतिबिधि बिरुद्ध आन्दोलनमै जानुपर्ने महशुश गरि यो बिज्ञप्ति जारी गरेका छौ ।’
विज्ञप्तिमा भनिएको छ,‘ नगरपालिकाका जनप्रतिनिधिहरुले गरेको गैरकानुनी गतिबिधिको छानविन गरि कार्यवाहि गर्न सम्बन्धित निकायसँग जोडदार माँग गर्दै चरणबद्ध आन्दोलनमा उत्रने ब्यहोरा जानकारी गराउन चाहान्छौ ।’












