१७कात्तिक कञ्चनरुप ।


कञ्चनरुप नगरपालिका आन्र्तगत रहेका पाँच राजनीतिक दलहरुलेले कञ्चनरुप नगरपालिका भित्र हुदै आएका अनिमितता तथा वेथितीको वारेमा भण्डाफोर गर्ने भएका छन् ।
नेपाली काग्रेस सहित पाँच राजनीतिक दलले बुधबार कञ्चनपुर बेरियमा संयुक्त बैठकले कञ्चनरुप नगरपालिका भएको भ्रष्टाचारको खोजबिन गरी भण्डाफोर गर्ने भएको हो । पाँच दलको बैठकले अगामी दिनमा कञ्चनरुप नगरपालिकाले गरेको अनियमित कामको बारे सूचना संकलन गर्न एक समिति गठन गरेको छ । उक्त समितिले दिएको प्रतिवेदनका अधारमा थप कार्यक्रम तय गरिने बताइएको छ ।

संयुक्त बैठकमा जनता समाजवादी पार्टीका नगर अध्यक्ष सुदम्बर यादब,नेपाली काग्रेसबाट रोशन गुप्ता,जनमत पार्टीबाट इन्द्रदेव कडौगिया,माओवादीबाट सत्यनारायण चौधरी र माधव नेपाल नेतृत्वको नेकपा (एस) उपेन्द्र साह लगायत पार्टीका विभिन्न तह र तप्का प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
मंगलबार पाँच राजनीतिक दलले नगरपालिकाको सेवा बन्द गरिएको भनि सुचना जारी गरिएको विषयमा ५ राजनीतिक दलले विरोध जनाएका थिए ।
उक्त विज्ञिप्तिमा भनिएको थियो ‘नगरपालिका जस्तो नियमनकारी स्थानीय सरकारको नेतृत्व गरिरहेका मेयर लगायतका जनप्रतिनिधिको अगुवाईमा स्वयं नगरपालिका बन्द गर्ने जस्तो गैरकानूनी हर्कत गर्नु खेदजनक भएको उल्लेख गरिएको थियो ।












