अम्विका दहाल


२२ कात्तिःक राजविराज।
सप्तरीको कञ्चनरुप नगरपालिकामा भएको भ्रष्टाचारलाई ढाकछोप गर्न कार्यालयको सेवा बन्द गरेको भन्दै ५वटा राजनितिक दलले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएका छन ।

पहिलो चरणको आन्दोलन तहत आज १६ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारीलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले संयुक्त रुपमा ज्ञापन पत्र बुझाइएका हुन ।
आन्दोलन थालेको हो ।
ज्ञापन पत्रमा ती बुँदाहरुमा छानबिन गरी आवश्यक कारवाहीका लागि आग्रह गरिएको छ भने पहल नभए थप आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ ।
नेपाली काङग्रेस सप्तरीका सहसचिव दिपक गुप्ता, नेकपा माओवादी केन्द्रका नगर संयोजक रामबिहारी राउत, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष विष्णुदेव चौधरी, जनता समाजवादी पार्टी नेपालका नगर अध्यक्ष सुदम्बर यादव र जनमत पार्टीका नगर अध्यक्ष अनिल पजियारद्वारा हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाको कार्यालय, अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय, इटहरी र संघिय मामिला तथा सामान्य प्रशासन मान्त्रालयलाई बोदार्थ गरिएको छ ।
१६ बुँदे मागहरु यस्ता छन
१।नगरपालिकाले हस्ताक्षर बिना नै एक सूचना जारी गरि बिगत पाँच दिन नगरपालिका कार्यालयमा तालाबन्दी गरेको छ । स्थानीय सरकारका प्रतिनिधिले नै सरकारी कार्यालय बन्द गरि आवश्यक सेवालाई प्रभावित गर्नु गैरकानूनी मात्र नभई निन्दनीय छ । उक्त कार्यमा संलग्नहरुलाई आवश्यक कारबाहिका लागि जोडदार माँग गर्दछौ ।
२। नगरपालिकाको कार्यकारी अधिकृत निजामति कर्मचारी हुने कानूनी ब्यबस्था छ तर कानूनको भावना बिपरित नगरपालिकाले स्थानीय तहको कर्मचारीलाई लामो समयदेखि निमित्त कार्यकारी अधिकृत बनाई भ्रष्टाचारलाई सस्थागत गर्ने गरेको छ । सरुवा भई आउदै गरेका योग्यता पुगेका उपसचिव सरहकै कर्मचारीलाई समेत कार्यालयमा हाजिर नहुदै नगरपालिकाका मेयर लगायका जनप्रतिनिधले डराई धम्क्याई एयरपोर्ट बाटै फिर्ता पठाएको समाचार समेत सार्वजनिक हुदै आएको छ । तसर्थ योग्य कार्यकारी अधिकृतको ब्यबस्था गरि नियमित सरुवा प्रकृयाबाट आएका अधिकृतलाई काम गर्ने बाताबरण मिलाई जनताको सेवालाई सहज तुल्याउन आग्रह गर्दछौ ।
३। बिगत चार वर्ष देखि नगरपालिकामा ब्यापक भ्रष्टाचार हुदै आएको छ । त्यसको छानवीन गरि आबश्यक कारवाही गर्न जोडदार माँग गर्दछौ ।
४। यस वर्ष बिनियोजन भएको करिव ८० करोड बराबरको बजेट कहाँ कसरी खर्च हुदैछ सार्वजनिक भएको छैन । बजेट पुस्तिका तयार गरि सार्वजनिक गर्न माँग गर्दछौ ।
५। गत वर्ष नगरपालिकाले अनिमित हिसावले भात खान रु ३७ लाख र खाजा खान रु १३ लाख इन्धनमा रु ६० र रु ९ करोड कार्यालयमा खर्च गरेको छ । लेखाजोखा बिनाको उक्त रकम छानवीन गरि कारवाहि गर्न जोडदार माँग गर्दछौ ।
६।कार्यालयमा आईटी बिज्ञ कर्मचारीको ब्यबस्था छ तर नगरपालिकाको वेभसाईट अपडेट छैन । नगरपालिकाका निर्णयहरु वेभसाइटमा राखिएका छैनन । नगरपालिकाका सबै गतिबिधि वेभसाइटमा अपडेट गरि सार्वजनिक गर्न माँग गर्दछौ ।
७। आफुखुसी समाचार सम्प्रेषण गराउने उद्धेश्यले पाँच पत्रकार, गैर पत्रकारलाई रु ४० ÷४५ हजार पर्ने ल्यापटप बितरण गरि ८० हजारको विल पेश गरेको पाईएको छ । नेपाल पत्रकार महाँसंघसँग समेत समन्वय नगरि गरिएको उक्त कार्य छानवीन गर्न जोड दार माँग गर्दछौ ।
८। स्थानीय तह सञ्चालका लागि १४० वटा कानून बनाउनु पर्नेमा पाँच वर्षे कार्यकाल बित्नै लाग्दा जम्मा १९ वटा कानुन निर्माण भएका छन तर जनहित विपरित निर्माण गरिएका जम्मा पाँचवटा कानूनलाई मात्र प्रमाणिकरण गरिएको छ । त्यसमा पनि प्रमाणिकरण गरिएका कानून समेत सार्वननिक गरिएका छैनन । तसर्थ बनेका कानूनहरु वेभसाईट मार्फत सार्वजनिक गर्न जोडदार माग गर्दछौ ।
९। कञ्चनपुर बेरियर स्थित कार्यालयलाई घर भाडा नलाग्ने नाममा हटियामा सारिएको छ तर लाखौ रकम घरभाडाका नाममा खर्च भईरहेकोले आवश्यक छानवीन गरि सार्वजनिक गर्न माँग गर्दछौ ।
१०। कोभिड राहातका नाममा कागज मिलाएर करोडौ को रकम खर्च भएको छ । यस वर्ष मात्र सवा ४ करोड रकम खर्च भएको बुझिएको छ । सोको छानवीन गरि सत्यतथ्य सार्वजनिक गर्न माँग गर्दछौ ।
११। कार्यालयमा कमिशनतन्त्र ब्यापक छ । १० देखि २० प्रतिशत रकम बुझाएर मात्र बिल फरपारक हुने गरेको छ । नक्सा अभिलेखिकरण गर्न ,पास गर्न कमिशनको खेल हुने गरेको छ ।
सिफारिसमा अनियमितता छ । मालपोतको रेकर्ड ब्यबस्थित नहुदा मनपरि रकम असुल्ने गरिएको छ । यस्तो कार्य अबिलम्ब रोकी दोषिलाई कारवाही गर्न जोडदार माँग गर्दछौ ।
१२। स्थानीय सरकार संचालन ऐन २०७४ले वर्षको २ पटक सार्वजनिक सुनुवाई गनुपर्ने ब्यबस्था गरेको छ । छिमेकि नगरपालिको सावजनिक सुनुवाईमा प्रमुख अतिथी बन्न अग्रसर यस नगरका मेयरले नगरपालिकामा बितेको ४ वर्षमा एक पटक पनि सार्वजनिक सुनुवाई गर्न चासो देखाउनु भएको छैन । तसर्थ अविलम्ब सार्वजनिक सुनुवाई गर्न गराउन जोडदार माँग गर्दछौ ।
१३। सवारी साधन कति खरिद गरिएका छन, खरिद प्रकृया कसरी गरिएको छ , कति रकम खर्च भएको छ लेखाजोखा छैन । हालै मात्र ८९लाखको सवारी साधन खरिद गर्न एकल कोटेशनमा रु १ करोड १२ लाख खर्च गरिएको छ । सो को सत्यतथ्य सार्वजनिक गर्न माँग गदैछौ ।
१४। बिभिन्न ठाउका बिद्यालय जाने बाटो अबरुद्ध छन तर बिना कार्यादेश ठेकेदारको घर जाने बाटो पिसिसी ढलान गरिएको छ । यस्ता अनियमित कार्य छानवीन गरि कारवाहि गर्न जोडदार माँग गर्दछौ ।
१५। प्राकृतिक श्रोतको ब्यबस्थापन हाल सम्म गरिएको छैन । अमानतको नाममा कर असुल गरि ब्यापक भ्रष्टाचार हुने गरेको छ । यस सम्बन्धमा छानवीन गरि कार्यबाहि गर्न जोडदार माँग गर्दछौ
१६। मेयरले नियुक्त गरेका सल्लाहाकारलाई नियम बिपरित नियमित रकम भुक्तानी हुने गरेको छ । आफु खुसि कर्मचारी नियुक्त गरिएका छन , बिज्ञापनबाट परिक्षामा सामेल भएको नगरप्रहरिको असई र हवल्दारको परिक्षा मनपरिढंगले स्थगित गरिएको छ, तोक आदेशको भरमा ज्यालादारी कर्मचारी नियुक्त गरिएको छ । यस्ता गैरकानूनी काम कारवाही अबिलम्ब रोक्न, छानवीन गर्न र आवश्यक कारवाही गर्न जोडदार माँग गर्दछौ ।
कञ्चनरुप नगरपालिकाको जनविरोधि निर्णय र बेथीति बिरुद्ध ५ राजनितिक दलले आन्दोलन सुरु गरे पछि एक हप्ता देखी बन्द कञ्चनरुप नगरपालिकाको कार्यालय सोमबार देखी सुचारु भएको छ िकञ्चनरुप नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत नवराज खडकाले गत कार्तिक १३ गतेको कञ्चनरुप नगरपालिकाको कार्यपालिकाको बैठक निर्णय अनुसार नगरपालिकार विषयगत शाखाको कामकाज बन्द राखिएकोमा कार्तिक २१ गतेको कार्यपालिकाको निर्णय अनुसार आम जनसमुदायको सेवा प्रति ध्यानाकृष्ट भएकोले सेवा सुचारु गरिएको सुचनामा उल्लेख छ ।












