२९ काक्तिक, रुपनी


सप्तरीको रुपनी गाउपालिका समापतिका लागी नेपाली कांग्रेसका दुई समुह विच रसाक्कसी हुने भएको छ ।
भोलि अर्थात कात्तिक ३० गने हुने कांग्रेसको १४औँ महाधिवेशन अन्र्तगत सप्तरीको रुपनी गाउँ अधिवेशनमा दुई समुहबाट जिल्ला कमिट सदस्य समेत रहेका कृष्ण देव यादव र हाल रुपनी गाउँ संयोजक रहेका सुगम्वर यादव सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

१४ औं महाधिवेशन अन्तर्गत कात्तिक ३० गते पालिका अधिवेशन हुँदैछ । त्यस्तै मंसिर ३ गते प्रदेश सभा अधिवेशन, मंसिर ६ गते प्रतिनिधि सभा क्षैत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन र मंसिर १० मा एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन गर्ने तालिका छ ।
कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । यस अधि काक्तिक २७ प्रदेश २ का ८ जिल्ला सप्तरी, सिरहा, सर्लाही, धनुषा, रौतहट, महोत्तरी, बारा, पर्सासहित सुर्खेत, बाँके, कैलाली, डोल्पा र रसुवामा कांग्रेसको वडा अधिवेशन भएको थियो थियो ।












