Logo

सप्तरी उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधीकारीलाई कञ्चनरुपमा स्वागत

                     
Logo ७ मंसिर २०७८, मंगलवार १९:२०    

७ मंसिर कञ्चनरुप ।

सप्तरी उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधीकारीलाई कञ्चनरुपमा ब्यापारीहरुलाई भव्य स्वागत गरेका छन ।

बाणिज्य संघको ११ औं अधिवेशनमा लालुप्रसाद अग्रवालको प्यानल बिजय भए पछि जिल्ला भरीका ब्यापरीहरुसंग भेटधाट तथा धन्यवाद दिदै कञ्चनरुप आइ पुगेको नवनिर्वाचित पदाधीकारीलाई ब्यापारीहरुले पसलमाला तथा देसल्ला ओढाएर स्वागत गरेका हुन् ।

अध्यक्ष पदमा लालु प्रसाद अग्रवालले ७४६ मत ल्याए बिजय भएका छन् । उनको प्रतिद्धन्दी शंकर कुमार दासले ३२७ मत ल्याएका थिए ।

उपाध्यक्षमा दुर्गानन्द्र प्रसाद साहले ५७२ मत, उपाध्यक्षमा रमेश कुमार साह ८१८ मत, महासचिव मा अमृत कुमार संचेती ६५५ मत,सचिवमा सुरेन्द्र विमल यादवले ५९३ मत, कोषाध्यक्षमा प्रमोद कुमार कावरा ६८४ मत,सह–कोषाध्यक्षमा निर्मल कुमार मुन्दरा ५४४ मत ल्याएर बिजय भएका छन् ।

यस्तै अग्रवालको प्यानलबाट सदस्य पदमा सन्तोष सिंन्हा ६३२ सचिन्द्र दास ५६९, सुरेन्द्र प्रसाद साह ५२०, कमल प्रसाद साह ५०४ र महिला सदस्यमा अम्बिका दाहाल ६३७ मतले बिजय भएकी छन । दासको प्यानलबाट सहकोषाध्यक्ष निर्मल मुन्धडा र संजय कुमार पूर्वे ४९५ ले बिजय हासिल गरेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?