१९ मंसिर कञ्चनरुप।


सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँ बीउ वितरण शुरु गरेकोे छ ।
नगरपालिकाले कार्यालय परिसरमै इच्छुक १२ वटै वडाका कृषक समूहरुलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरणकार्या थालेको कृषि विकास उपशाखाका वेचन सढोक यादवले बताए ।

यसअघि पनि कञ्चनरुप नगरपालिकाले च्याउको बीउ, मौसमी तथा बेमौसमी तरकारी फलफूल, धान मकै, औषधी तथा उन्नत जातको बोका वितरण गर्दै आएको छ ।













