Logo

सात वर्षपछि खुनडाँका र कर्तव्य ज्यान मुद्दाका मुद्दाका फरार प्रतिवादी पक्राउ

                     
Logo २२ मंसिर २०७८, बुधबार १८:०३    

२२,मंसिर, कञ्चनरुप।

सप्तरी प्रहरीले सात वर्षपछि खुनडाँका र कर्तव्य ज्यान मुद्दाका एक जना फरार रहेका ‘सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ पक्राउ परेका छन् ।

सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मियाँले २०६९ असोज १० गते तत्कालीन पटेर्वा गाविस–१ का सहबुद मियाँ र उनकी वुहारी सगिरा खातुनलाई वेपत्ता पारेका थिए ।

प्रहरीले खोजतलाश गर्ने क्रममा २०७२ जेष्ठ ६ गते दुवै जनाको कंकाल तत्कालीन कल्याणपुर गाविस–८ स्थित एक कुखुरा फारममा खाल्डो खनेर गाडेको अवस्थामा फेला पारेको थियो।

मियाँले अर्का दुलारी साहलाई पनि वेपत्ता पारेका थिए । साहलाई खोजतलाशको क्रममा २०७२ वैशाख २७ गते तत्कालीन जण्डौल गाविस–८ चुरे जंगलबाट उनको कंकाल बरामत गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?