Logo

सप्तरी कारागारमा ५८ वर्षीय कैदीबन्दीको मृत्यु

                     
Logo २ पुष २०७८, शुक्रबार १७:०२    

२ पुष राजविराज ।

सप्तरी कारागारमा शुक्रवार ५८ वर्षीय कैदीबन्दीको मृत्यु भएको छ ।

कागजात किर्ते गरी ठगी अभियोगमा कारागारमा रहेका ५८ वर्षीय उदव प्रसाद खतिवडाको पेट दुख्न थालेपछि उपचारकोलागि अस्पताल लगिएका मृत्यु भएको हो ।

‘कारागारका जेलर सुमन कोइरालाका अनुसार पेट दुख्यो भनेपछि उपचारको लागि खतिवडालाई निजी क्लिनिकमा लगेका थियो वहाँ ‘क्लिनिकमै खतिवडा वेहोस हुनु भायो त्यसपछि गजेन्द्रनारायण सिंह अस्पतालको इर्मेजेन्सी वार्डमा भर्ना गरेका थियौं ।’

उपचारकै क्रममा उनको विहान सवा ११ बजे मृत्यु भयो । हर्ट एट्याकबाट मृत्यु भएको चिकित्सकहरुले जाएको जेलर कोइरालाको भनाई रहेको छ ।

कागजात किर्ते गरी ठगी सम्बन्धी मुद्दामा सुनसरीको दुहबी ४ का खतिवडा २०७५ साउन १७ गतेदेखि पुर्पक्षकालागि कारागारमा थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?