७, पुष कञ्चनरुप ।


सप्तरीको सप्तकोशी नगरपालिका वडा नं.९ मा नेकपा (एकीकृत समाजवादी) को २१ सदस्य वडा कमिटी गठन भएको छ ।
वडा स्तरीय कार्यकता भेलाबाट ब्रम्मदेव खङ्गको अध्यक्षतामा २१ सदस्य वडाकमिटि गठन भएको हो । कमिटिमा उपाध्यक्ष भुटेन खङ्ग । सचिव विजय खङ्ग ,लगायतका पदाधीकारी रहेका छन ।

उक्त भेलामा नेकपा ( एस को केन्द्रिय सदस्य तथा प्रदेश नं.२का सह— ईन्चार्ज रामप्रित पासवान,केन्द्रिय सदस्य,उपेन्द्र नारायण साह, क्षेत्र नं. १ ईन्चार्ज नारायण आचार्य ,जिल्ला कमिटी सदस्यहरु, जनवर्गीय संगठनका अन्य पदाधिकारीहरु लगायको सहभागीता रहेको थियो ।













