Logo

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिने ठगी गरेको आरोपमा एक जना पक्राउ

                     
Logo २० पुष २०७८, मंगलवार १७:०९    

२० पुष,जनकपुर ।

नेपाल रेल्वे कम्पनीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा धनुषा प्रहरीले ३२ वर्षीय एक जनालाई पक्राउ गरेको छ ।

विभिन्न प्रकारका कागजात हित महोत्तरीको पिपरा गाउँपालिका–७ , दनौली बनौली बस्ने ३२ वर्षीय सागरकान्त चौधरीलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ स्थित रामानन्द चोकबाट पक्राउ गरिएको धनुषाका प्रहरीले पक्राउ गरेको हो ।

सनका सथमा लोक सेवा आयोगको नियुक्ति नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ति पत्र, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापर नामको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत वीरगंज लेखिएको रबर छाप बरामद गरिएको प्रहरीको भनाइ छ ।

चौधरीले लोक सेवा आयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्रलगायतका कागजातहरु देखाएर विभिन्न व्यक्तिलाई जागिर लगाइदिने भन्दै ठगी गरिरहेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शीर्षकमा ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरीले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?