पुष २२ काठमाण्डौं ।


नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयका ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको छ।
१० जना कर्मचारी र केन्द्रीय सदस्यसहित २० जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना संक्रम्ण भेटिएको कार्यालय सचिव श्रीराम ढकालले बताए। लेखा प्रमुख देवेन्द्र पराजुली, कार्यालय सचिव डोरप्रसाद उपाध्याय, क्यान्टिन सञ्चालक सञ्जीव थापा, अंशु पुडासैनी, विनोद थापा लगायतलाई कोरोना संक्रमण पुष्टि भएको हो।

केन्द्रीय कार्यालयमा कार्यरत धेरैलाई कोरोना भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफ्नो निवासमा हुने भौतिक भेटघाटलाई आजदेखि बन्द गरेका छन्।












