Logo

आजबाट पेट्रोलको मूल्य १४५ , मट्टीतेल १२८ रुपैयाँ

                     
Logo ८ फाल्गुन २०७८, आईतवार १०:१०    

८ फागुन ।

यसअघि मूल्य बढाएको तीन हप्ता नबित्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाएको हो।

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ। डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ।

एलपी ग्यासमा प्रति सिलिन्डर ५६० रुपैयाँ घाटा भइरहँदासमेत हाललाई यथावत राखिएको निगमले जनाएको छ। साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ।

बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै रेकर्ड हो। निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो। यसअघि २०७० फागुन ३० गते प्रतिलिटर १ सय ४० रुपैयाँ थियो।

 


लोकप्रिय छुटाउनुभयो कि ?