८ फाल्गुन, कञ्चनरूप ।


सप्तरीको सप्तकोसी नगरपालिकामा ४ राजनीतिक दलले लगाएको ताला तोडेपछि ताला लगाउने विषयमा झडप हुँदा दुई वडाध्यक्ष जना घाइते भएका छन् ।
सत्तागठबन्धनका ४ राजनैतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए भने नगरपालिकाका जनप्रतिनिधिले शुक्रबार ताला खोलेर काम सुरु गरेपछि चार दलका कार्यकर्ताले आइतबार पुनः ताला लगाउन खोजेपछि प्रहरीसँग झडप भएको हो । ढुंगामुढा हुँदा नगरपालिका भवनमा रहको डिस्प्ले बोर्ड तथा कार्यलयका झ्यालका केही सिसाहरू फुटेको छ भने झडपमा सप्तकोसी नगरपालिका –४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का किसुन यादव घाइते भएका छन् । घाइते दुवैको स्थानीय अस्पतालमा उपचार भइरहेको वडा नं. १ का वडा अध्यक्ष नारायण आचार्यले जनाएका छन ।

आ.व.२०७८र०७९ का नगरभित्रका तथा सम्पूर्ण, ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने ,महालेखा नियन्त्रकको कार्यालयबाट सप्तकोसी नगरपालिकाको बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराइनु पर्ने कार्यपालिका र नगर सभाबाट पारित कानुनी कार्यवाही सम्बन्धी निर्णयको विवरण उपलब्ध गराइनु पर्ने , कोभिड १९ को खर्च सम्बन्धमा सस अघि नेपाली कांग्रेसबाट गरिएको विवरण तथा चालु आ. व.मा भएको कोभिड लगायत विपत व्यवस्थापन सम्बन्धी कार्य रु सोको खर्च विवरण उपलब्ध गराउनु पर्ने , सडक बोर्डबाट प्राप्त रकमको विवरण तथा हाल विभिन्न मूल सडकमा भएको सिमेन्ट बालुवाको मिश्रण पोत्ने कार्य कुन निर्णय, मापदण्ड र स्रोतबाट भएको हो त्यसको विस्तृत विवरण उपलब्ध गराउनु पर्ने ।
, नगरपालिकाले खरीद गरेका विभिन्न निर्माण तथा ढुवानीमा प्रयोग भएका उपकरणको विवरण, सो को उपयोगिता तथा आम्दानी खर्चको विवरण तथा सो वापत चालक र सहयोगी समेतको तलब भत्ता र खर्चको विवरण उपलब्ध उपलब्ध गराउनु पर्ने र राष्ट्रिय मावि। फत्तेपुरमा निर्माण गरिएको नयाँ भवनको मापदण्ड, औचित्यतःः तथा निर्माण सम्बन्धमा भएको खर्च ठेक्का प्रकिया सम्बन्धी विस्तृत विवरण उपलब्ध गराउनु पर्ने तथा अंग्रेजी माध्यमको कक्षा सञ्चालनको खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनु पर्ने माग रहेका छन ।
गत माघ २४ गते ६ बुँदे ज्ञापन पत्र बुझाउँदै ७ दिनभित्र माग पूरा गर्न अल्टिमेटम दिएका थिए । सो समयभित्र माग पूरा नभएको र सहमति विना ताला खोली कार्यालय सञ्चालन गरेकोले पुन स् तालाबन्दी उत्रेको संघर्ष समितिले जनाएको छ ।












