Logo

एमसीसी विरुद्ध राजविराजमा  माओवादी केन्द्रका भ्रातृ सङ्गठनहरूको विरोध प्रदर्शन 

                     
Logo ८ फाल्गुन २०७८, आईतवार १९:००    

८ फागुन राजविराज ।

एमसीसी विरुद्ध ( माओवादी केन्द्र )का भ्रातृ सङ्गठनहरूले आइतबार राजविराजमा नेकपा (माओवादी केन्द्र )का भ्रातृ सङ्गठनहरूले विरोध प्रदर्शन गरेका छन् ।

(माओवादी केन्द्र) निकट  योङ कम्युनिस्ट लिग र अनेरास्ववियु (क्रान्तिकारी) लगायतका भ्रातृ संगठनहरू राजविराज नगर समितिले प्रदर्शन गaरेका हुन् ।

यथास्थितिमा एमसीसी टेबल हुनु राष्ट्रघाती भएको भन्दै प्रदर्शनकारीहरूले एमसीसीले नेपालको सार्वभौमिकता माथि नै संकट पार्ने भन्दै विरोध प्रदर्शन गरेका हुन ।

राजबिराज को नगर परिक्रमा पश्चात सहिद दशन चौक कोण सभामा परिणत भएको थियो ।

कोण सभामा मा  जिल्ला अध्यक्ष बिनोद यादव नगर इन्चार्ज  जयनारायण मण्डल युवा नेता  ,सुभास चन्द्र यादव , मोहन यादव  विजय  यादव  अनेरास्ववियु ( क्रान्तिकारी ) का जिल्ला अध्यक्ष गजेन्द्र यादव लगायत नेताहरू ले राष्ट्रिय स्वाधीनता आँच पुग्ने  यथास्थिति मा  कुनै पनि हालतमा टेबल गर्न नहुने भनाई राख्दै यदि यसलाई लाई अनुमोदन गर्ने दुस्साहस गरे यस्ता दलालहरूलाई हामी युवा विद्यार्थीले कदापी माफ गर्ने वक्ताहरूले भनाइ रहेको छ ।

कार्यक्रमको अध्यक्षता योङ कम्युनिस्ट लिग का नगर अध्यक्ष सञ्जय कुमार दासले गरेका थिए ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास नगर्ने बताउँदै आएको छ। बलपूर्वक रुपमा संसद्‌मा एमसीसी टेबल गरिए त्यसको विपक्षमा उभिने माओवादी केन्द्रले निर्णय थियो। जबर्जस्ती एमसीसी पास गर्न खोजिए सत्ता छाड्ने समेत माओवादीले चेतावनी दिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?