Logo

सांसद यादवको राहत ग्यास सिलिन्डर र चुल्हो

                     
Logo ८ चैत्र २०७८, मंगलवार १९:४९    

८, चैत कञ्चनरूप।

सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिकास्थित टेङ्गरीका अग्निपीडितहरूलाई सांसद डा. सूर्य नारायण यादवले राहत स्वरुप ग्यास सिलिन्डर र चुलोसहितको सेट दिएका छन ।

११ परिवारलाई सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का सांसद डा. यादवले अग्निपीडित परिवारलाई राहतस्वरूप वितरण गरेका हुन् ।

सांसद डा. यादवले अग्निपीडित परिवारजनका महिलाहरूलाई  ११ थान ग्यास सिलिन्डर, चुल्हो, रेगुलेटर, पाइप सहितको सेट प्रदान गर्दै अन्य समस्या समाधानमा समेत सहयोग गर्ने बताए ।

गत फागुन २८ गते राती आगलागी हुँदा डम्बर यादव, दिनेश यादव, फुलदेव यादव, श्याम यादव, भोला यादव, मनोज कुमार यादव, महेश यादव, बृजनारायण यादव, सत्यनारायण यादव, अर्मेन्द्र यादव र उपेन्द्र यादवको करोडौँको धनसम्पत्ति जलेर नष्ट भएको थियो ।  


लोकप्रिय छुटाउनुभयो कि ?