Logo

कांग्रेस कञ्चनरूप अधिकांश वडाहररूबाट बहुमतले मेयरको उमेदवारका लागी ललन प्रसाद गुप्ताको नाम सिफारिस 
नेपाली कांग्रेसबाट  गुप्ताले टिकट पाउने पक्का पक्की

                     
Logo २६ चैत्र २०७८, शनिबार १९:१४    

२६ चैत्र कञ्चनरूप ।

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कञ्चनरूप नगरप्रमुख पदको उम्मेदवारका रुपमा कांग्रेस कञ्चनरूपका अधिकांश वडाहरू बहुमतसाथ वडा अध्यक्षहरूले ललन प्रसाद गुप्ताको नाम सर्वसम्मतिका साथ चयन गरेका छन ।

नेपाली कांग्रेस कञ्चनरूप नगर कार्यसमितिले  १२ वटै वडाबाट नगरप्रमुखका उमेदवारको नामावली सिफारिस गरी पठाउन भनिएको मा  वडा नं. २ ,३,४,५,६,७ ,९र ११ मा ललन प्रसाद गुप्ताको नाम सर्वसम्मत रुमा चयन गरिएको बताइएको छ ।

यसै गरी वडा नं. १ मा नगरप्रमुखको उम्मेदवारका रुपमा एकल भरत राज शर्मा लाई सिफारिस गरिएको छ भने वडा नं. ८ मा ललन प्रसाद गुप्ता, दीपक कुमार गुप्ता ,मनमोहन साहको नाम सिफारिस भै आएको  बताइएको छ।

यता वडा नं. ११ मा ललन प्रसाद गुप्ता र श्रवण विष्टको नाम आएका छ भने वडा नं. १२ बाट ललन प्रसाद गुप्ता र संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्यका उममेदवार समेत रहेका डा. सुबोध पोखरेलको नाम  सिफारिस भै आएको बताइएको छ ।

यसैगरी नेपाली कांग्रेस कञ्चनरूप नगर कार्यसमितिको बैठकमा स्वघोषित नगरप्रमुख र उपप्रमुखको उम्मेदवारको नाम प्रस्ताव गर्दा आह्वान गर्न नगरप्रमुख रुपमा  १) ललन प्रसाद गुप्ता, २) संविधान सभा सदस्य डा. सुबोध पोखरेल, ३) विनोद कुमार दत्त ४) दीपक कुमार गुप्ता, ५) विरेन्द्र कुमार विरू ६) मनमोहन साह, ७) जवहारलाल चौधरी ८) पुर्व मन्त्री  हेमराज तातेड ९) भरतराज शर्मा १०) श्रवण कुमार विष्ट र ११) राजुबती चरमेन राम को नाम स्वस्फूर्तरूपमा नाम आएको बताइएको छ ।

उपप्रमुखको उम्मेदवारको नाम प्रस्ताव गर्दा आवहना १) रेणु गुप्ता २) माल देवी गुप्ता ३) किरण रौनियार ४) नैदा खातुन ५) रूना देवी साह ६) सुधा गुप्ता  र ७० जयश्री तातेड को नाम स्वस्फूर्तरूपमा नाम आएको जनाइएको छ ।

वडा अध्यक्षहरूको उम्मेदवारको नामावली माथि भने सहमति तथा छलफल पछि सार्वाजनिक गरिने भएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?