Logo

शिक्षा,स्वास्थ्य,कृषि,ब्यापारलाई प्राथमिकता नगरलाई वाइफाइ जोन बनाउने :कञ्चनरूप नगरप्रमुख

                     
Logo १० जेष्ठ २०७९, मंगलवार २०:०७    

१० जेठ कञ्चनरूप।

कञ्चनरूप नगरपालिका नव निर्वाचित नगर प्रमुख ललन गुप्ताले नगरपालिकाका सबै क्षेत्रमा सबैको पहुँच पुग्ने गरी  विकास गर्ने घोषणा गरेका छन् ।

कञ्चनरूप नगरपालिकाको नगर प्रमुखको पदभार ग्रहण तथा बिदाइ समारोह कार्यक्रम बिच नव निर्वाचित नगर प्रमुख ललन यस्तो बताएका हुन ।

नगर प्रमुख गुप्ताले महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख छ । सेनेटरी प्याडको उद्योग समेत सञ्चालन गरी महिला स्वास्थ्य स्वयं सेविकालाई आयआर्जनमा निर्भर बनाउने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, गर्भवती तथा सुत्केरी महिलालाई मासिक पोषण भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।

नगर प्रमुख गुप्ताले सडकका प्रत्येक चोकमा सोलार बत्ती जडान गर्ने, सीटीईटीभी क्यामेरा जडान गर्ने, फ्री वाइफाइ जडान गर्ने, उच्च शिक्षाका लागि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको उच्च शिक्षामा पहुँच पुर्‍याउन विशेष योजना ल्याउने बताए । एक वर्षभित्रमा दुई वटा उद्योग स्थापना गर्नेगरी रोजगारी सृजना, सीपमूलक तालिमको आयोजना गर्ने समेत उल्लेख गरेका छन ।

त्यस्तै, कृषि क्षेत्रमा ‘किसान वर्गको लागि कृषि सम्बन्धी आयमूलक, सेवामुलक तालिम तथा बिउविजनको खाद्य मल  आदिको समय सिमा भित्र व्यवस्था गर्ने, आवश्यकता अनुसार हरेक वर्ष सबै वडाहरूमा समरसेल (बोरिङ) प्रदान गर्ने, स्मार्ट सिटीको सेवामुलक तालिम प्रदान गरि व्यवस्थापन गर्ने प्रतिबद्धता उनले गरेका छन् ।

त्यस्तै, उनले पूर्वाधारमा ‘उज्यालो कञ्चनपुरको अनुरूप प्रत्येक टोलटोल जोडिने सडकहरूमा सोलार प्रविधिको माध्यमबाट सडक वती जडान गरिने, साथै वाइफाइ जोन बनाउने घोषणा गरेका हुन् ।

पदभार ग्रहण तथा बिदाइ समारोह कार्यक्रमको प्रमुख अतिथिमा मन्त्री नवल किशोरले नगर विकासकालागी  सबै जनप्रतिनिधि एक भएर जान आग्रह गरे । उनले भने नगरको चौतर्फी विकास नै जनताको सेवा भएको उल्लेख गरे ।

कार्यक्रम पूर्व मन्त्री हेमराज तातेड, पूर्व मेयर बसन्त मिश्र पूर्व उपमेयर निरू पोखरेल, पूर्व वडाअध्यक्षहरू, बिभिन्न संघ संस्थाहरूको प्रतिनिधि, प्रहरी प्रशासन अधिकृतहरू लगायत पेसा कर्मी, समाजसेवी, राजनीतिकर्मी, सहभागिता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?