अम्बिका दहाल


२२ जेठ, राजविराज ।
नेपाल बार एसोसिएसनको जिल्ला अदालत बार इकाई राजविराजको कार्य समिति लागी नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा

पेसागत समावेशी प्रगतिशील लोकतान्त्रिक समूह विजयी भएको छ ।
हिजो सम्पन्न भएको बार इकाईको निर्वाचनमा पेसागत समावेशी प्रगतिशील लोकतान्त्रिक समूहबाट अध्यक्षमा अधिवक्ता रामप्रसाद चौधरी सहित सम्पूर्ण पदाधिकारी, सदस्य र पार्षद् निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारिहरूको २ वर्षे कार्यकाल रहने छ । एक अध्यक्ष, १ उपाध्यक्ष १ सचिव, १ सह सचिव १ कोषाध्यक्ष र ६ सदस्य छनोटका लागि निर्वाचन भएको थियो ।
अध्यक्ष तर्फ
रामप्रसाद चौधरी ५३ मत
कामेश्वर यादवले ३९ मत
उपाध्यक्ष तर्फ
फुल नारायण यादव ५६ मत
ममता कुमारी चौधरी ३७ मत
सचिव तर्फ
प्रमोदकुमार चौधरी ५७ मत
कमलकुमार यादव ३४ मत
सहसचिव पदमा समावेशी प्रगतिशील समूहकी किरण साह निर्विरोध निर्वाचित भएथिइन ।
कोषाध्यक्ष तर्फ
मनु खनाल ५७ मत
विरेन्द्रप्रसाद चौधरीले ३६ मत
सदस्यहरू तर्फ
वीरबहादुर कडारी ६१ मत,
वैद्यनाथ चौधरी ५५ मत,
उमेशनारायण शरण ५१ मत,
राजनारायण यादव ५० मत
रहमुल मन्सुरी ४३ मत
सप्तरी जिल्ला वार इकाई राजविराजमा कुल ९७ मतदातामा ९४ जनाले मतदान गरेका थिए ।












