अम्बिका दहाल


२३ जेठ ,राजविराज ।
राजविराज नगरपालिकाका नगरप्रमुख भिमराज यादवले सरकारी कार्यालयहरूमा व्याप्त भ्रष्टाचार उन्मूलन गर्ने कार्यमा अग्रसर रहने बताएका छन ।

राजविराज नगरपालिकाले सोमबार नवनिर्वाचित जनप्रतिनिधि र पत्रकार बीच आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्य मेयरहरू जस्तो नभई, आफू फरक विचार र स्वभावको मेयर भएको बताउँदै उनले भने घुस दिएर गलत काम गराउन खोज्नेलाई समातेर प्रशासनको जिम्मा लगाउने बताएका छन् ।
नगरप्रमुख यादवले सरकारी कार्यालयहरूमा व्याप्त भ्रष्टाचार उन्मूलन गर्ने कार्यमा अग्रसर रहने उल्लेख गर्दे भने सरकारी कार्यालयहरू माफिया गुण्डाहरूको अखडा बनेको भन्दै चिन्ता व्यक्त गरे । स्वास्थ्य, शिक्षा क्षेत्रको वेतिथि अन्त्य गरी चाँडै सुधार ल्याउने बताएका छन ।
नगरप्रमुख यादवले नगरपालिकाको फोहर व्यवस्थापन, छाडा पशुचौपाया नियन्त्रण, ६ महिनामा राजविराज नगरपालिकालाई गुलाबी शहरको रुपमा देशकै सुन्दर शहरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे भने ३ महिना भित्र नगर बस सञ्चालन गर्ने साथै असार मसान्त भित्र बसपार्क सञ्चालन, राजविराज हटिया ठेक्का लगाउने बताए ।
सुँगुर छाडा छोडे पुरस्कार दिएर मार्न लगाउने र छाडा गाई गोरु लगायतका चौपायालाई एक दुई पटकसम्म जरिवाना गर्ने र पनि सचेत नभए सिधै कोशी टप्पुमा लगेर छोडिने बताए ।
नगरपालिकामा रहेको बेरुजु असुली गर्ने कार्यलाई पहिलो प्राथामिकतामा राख्नेको बताउँदै नगरप्रमुख यादवले भने साथै कुनैपनि बहानामा सरकारी बजेट अपचलन गर्ने कसैलाई पनि नछाड्ने बताए । नगरप्रमुख यादवले भने, बेरुजु रहेको सरकारी रकम असुलउपर गरेरै छोड्छु ।
नगर उपप्रमुख इसरत प्रवीणले नगरपालिकामा चुनावका बेलाको प्रतिबद्धताअनुसारका तत्पर रहेको बताइन् भने सञ्चारकर्मीहरुको सहयोगको अपेक्षा रहेको उल्लेख गरिन ।
कार्यक्रममा वडा अध्यक्षहरूक त्रिलोकि नाथ चौधरी, जय नारायण मण्डल, उदित नारायण यादव, नेपाल पत्रकार संघ सप्तरी शाखाकी कार्यवाहक अध्यक्ष अम्बिका दहाल, केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अबधेश झा, सचिव राम नारायण विश्वास, पत्रकारहरू विनय लाल कर्ण ,गोपाल गुप्ता सुधा देव बृजमान तामाङ, , चन्दन यादव, , सुखराम यादव, , लगायतकाले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।












