Logo

सप्तरीको रुपनी बसविट्टीमा विङ्गर दुर्घटना  हुँदा एक जनाको मृत्यु, १० घाइते

                     
Logo २४ जेष्ठ २०७९, मंगलवार २०:२०    

२४, जेष्ठ कञ्चनरूप ।

सप्तरीको रुपनी गाउँपालिका –५ मुसहरनियाँ बसविट्टीमा आज सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

रुपनी ५  स्थित मुसहरनियाँ बसविट्टीमा राजविराजतर्फ आउँदै गरेको प्र ३–००१ ज ०२७७ नम्बरको विङ्गर अनियन्त्रित भई रुपनी गाउँपालिका–१ नकटी रायपुरकी ६८ वर्षीया तारावती देवी यादवको मृत्यु ठक्कर लागेर गम्भीर घाइते भएकी यादवको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते हुनेहरू रुपनी –२ की ३० वर्षीया निर्मला देवी मण्डल, ३ की ३२ वर्षीया गौरी मण्डल र ३ कै ३४ वर्षीय रामा कुमार साह ,शम्भुनाथ नगरपालिका –६ कठौनाका ४५ वर्षीया बिलेवती देवी साह, वडा नम्बर ११ का ५६ वर्षीय रामनारायण चौधरी, डाक्नेश्वरी नगरपालिका–१ की ३३ वर्षीया लिला देवी सदा, सोही ठाउँका ३४ वर्षीय धर्मेन्द्र सदा घाइते भएको प्रहरीले उल्लेख गरेका छ ।

यसैगरी सिरहाको कर्जनहा नगरपालिका–८ की ३१ वर्षीया पत्नी इन्द्र देवी पासवान उनका श्रीमान ३६ वर्षीय ओमनारायण पासवान,

र उनका  ७ वर्षीय छोरा आनन्द पासवान घाइते भएको  प्रहरी  सप्तरीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?