अम्बिका दहाल


२६,जेठ मुग्लिन।
पृथ्वी राजमार्ग अन्तर्गत चितवन सडक खण्डमा पहिरो झरेका कारण अवरुद्ध हुँदा १५ घण्टादेखि यात्रीहरू समस्या परेका छन।

ईच्छाकामना गाँउपालिका –५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका पछि राति ११ बजे देखी अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ ।
दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोको कारण सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । करिव १५ घण्टादेखि सडक अवरुद्ध हुँदा यात्रीलाई भने समस्या भएको छ ।
पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।













