Logo

सप्तरीमा छुट्टा छुट्टै घटनामा परि दुई जनाको मृत्यु

                     
Logo ६ असार २०७९, सोमबार १८:५५    

६ असार, राजविराज ।

सप्तरीमा छुट्टा छुट्टै घटनामा परि  ३० वर्षीय महिला र ५ वर्षीय बालकको जनाको ज्यान गएको छ ।

मोटर चलाएर लुगा धुने क्रममा सोमवार राजविराज नगरपालिका –९ विहारपुरकी ३० वर्षीया रुमी खातुनको करेन्ट लागेर मृत्यु भएको हो ।

उपचारको क्रममा दिउँसो साढे १२ बजे खातुनको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।करेन्ट लागे पछि खातुनलाई उपचारको लागी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको थियो ।

त्यस्तै, तिलाठी कोइलाडी गाउँपालिका –६ मधेपुरामा आइतबार जमेको पानीको डुबेर राजकुमार मण्डलको छोरा ५ वर्षीय विशाल भन्ने विजयकुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालक घरदेखि करिब १ सय मिटरको दूरीमा रहेको कल्भर्टको पानीमा डुबेर बालकको मृत्यु भएको प्रहरीले उल्लेख गरेको छ ।   घटनाबारे  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?