Logo

पेशागत महासंघ र एकीकृत स्वास्थ्यकर्मी संगठन सप्तरी कमिटी गठन

                     
Logo ९ असार २०७९, बिहीबार १९:२५    

९ असार , राजविराज ।

पेशागत महासंघ नेपालका राष्ट्रिय समितिका संयोजक प्रेमलकुमार खनालले पेशागत महासंघ नेपाल पेशाकर्मीहरूको हकहितका लागि सेवा सुरक्षा, समान अवसर, समृद्ध जीवन, सुनिश्चित भविष्यका लागि समाजवादको लक्ष्यका साथ भूमिका निर्वाह गरिरहेको बताउनु भएको छ ।

महासङ्घको सप्तरी जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले  यतिबेला पेशागत आन्दोलनमा दक्षिणपन्थी अवसरवादको प्रभाव परेको र यस प्रवृत्तिबाट पेशागत आन्दोलनलाई जोगाउनु पर्ने धारणा राख्नुभयो ।

आन्दोलनभित्र तीन ‘अ’ अवसरवाद, अराजकतावाद र अर्थवादको प्रवृत्ति र चुनौतीले पेशागत क्षेत्रमा प्रभाव पारिरहेकोले यसका विरुद्ध वैचारिक संघर्ष गर्दै ट्रेड युनियनलाई एकताबद्ध बनाउन लाग्नुपर्ने बताउनु भयो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य रामपृत पासवानले गर्नुभएको थियो ।

कार्यक्रमको उद्घाटनमा पेशागत महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष  बुद्धिजीवी परिषद सप्तरीका अध्यक्ष नथुनी दास , नेकपा एस का जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी , सचिव शम्भु प्रसाद यादव , एकीकृत प्रगतिशील प्राध्यापक संगठन मविव क्याम्पस इकाई समिति सचिव  सुरेन्द्र प्रसाद गुप्ता  लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

दीपक कुमार मण्डलको अध्यक्षतामा सम्पन्न भेलाले पेशागत महासंघ नेपाल सप्तरी जिल्ला समितिमा अध्यक्षमा सुब्बालाल मण्डल उयाध्यक्षमा कोशलेन्द्र यादव महिला उपाध्यक्षमा सुमित्रा दास, सचिवमा रवि राय, सहसचिवमा अम्बिका दहाल कोषध्यक्षमा रेशमा देव लगायतको ३१ सदस्यीय कमिटी गठन भएको छ ।

यसैगरी  एकीकृत स्वास्थ्यकर्मी संगठन  जिल्ला समिति सप्तरीको अध्यक्षमा महेश कुमार यादव, उयाध्यक्षमा जदुनन्दन राउत महिला उपाध्यक्षमा फुल देवी  , सचिवमा बैधनाथ मण्डल सहसचिवमा सम्झना श्रेष्ठ ,कोषाध्यक्षमा दिपेन्द्र राउत लगायतको १५ सदस्यीय कमिटी गठन भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?