अम्बिका दहाल


२५ साउन, राजविराज ।
मिटरब्याजी रामदेव साहबाट पीडितहरूले नाराबाजी गर्दै राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

सप्तरीका मिटरब्याजी रामदेव साहबाट पीडितहरूले नाराबाजी गर्दै राजविराज नगर परिक्रमा गरि उच्च अदालत जनकपुर, राजविराज इजलास आगाडि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका सहभागीहरूले ‘रामदेवका छोरा छोरीलाई छोड्न पाइदैन’, ‘ऋण तिरिसकेको जग्गा फिर्ता गर’, ‘साहलाई कारवाही गर’ लगायतका प्लेकार्ड बोकेर चर्को नाराबाजी विरोध प्रदर्शन गरेका थिए ।
प्रहरीले जेष्ठ २६ गते रामदेव साह तेलीका छोरा नन्दकिशोरलाई बिहीबार सुनसरीको धरान –१९ बाट र छोरी अनुराधालाई काठमाडौंको गौशालाबाट आइतबार पक्राउ गरेका छन् । इलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीमा उजुरी दर्ता भएपछि मुख्य आरोपित रामदेव, उनकी श्रीमती शिव कुमारी, अर्की छोरी रेणुकुमारी, नाति चन्दनकुमार साह फरार रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
https://youtu.be/AWi8SuhxtwA












