Logo

तामाङ घेदुङको सांगठनिक गतिविधिलाई युद्धस्तरमा अगाडि बढाउनु पर्नेमा जोड

                     
Logo १ भाद्र २०७९, बुधबार २०:०१    

बृजमान  तामाङ

१ भाद्र, विरेन्द्र बजार  ।

नेपाल तामाङ घेदुङका संघीय  अध्यक्ष मोहन गोलेले विश्वका तामाङलाई जोड्ने माध्यमको रुपमा रहेको तामाङ घेदुङको संगाठानिक गतिविधिलाई युद्धस्तरमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छ्न । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकमा बुधबार नेपाल तामाङ घेदुङ सप्तरीका अगुवा जिल्ला नेतृत्वसंग भेटघाट गर्दै तामाङ एकताको लागि घेदुङमा आबद्ध हुनुपर्नेमा जोड दिएका हुन । नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेको अध्यक्षतामा आयोजित भेटघाट कार्यक्रममा बोल्दै संघीय अध्यक्ष गोलेले घेदुङकै कारणले तामाङ समुदायको शिर उच्च रहेको बताए । घेदुङ गठन भएको सात दशकको इतिहास छ, अध्यक्ष गोलेले  भने, घेदुङले उल्लेखनीय कार्य गर्न नसके पनी संसारको तामाङलाई एकठाउँमा जोड्ने काम गरेको छ । अध्यक्ष गोलेले तामाङलाई जोड्ने महत्वपूर्ण माध्यमको रुपमा रहेको   घेदुङको संगठन निर्माण कार्यलाई तल्लो तहसम्म युद्धस्तरमा अगाडि बढाउनु पर्नेमा जोड दिए । तामाङ अग्रजहरूको योगदानले गर्वको साथ तामाङ भन्न पाएका छौ, अध्यक्ष गोलेले भने, आज हामीले आफ्नै भेषभुषा, भाषा, धर्म संस्कृतिलाई स्वतन्त्र रूपले बोल्ने र मान्ने अवसर पाएका छौ । उनले तामाङ समुदायको पहिचान र अधिकारका लागी सबै तामाङ सङ्गठनमा जोडिनु जरुरी रहेको आवश्यकता औँल्याए । भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष गोलेले घेदुङको संघीय कार्यालय खरिद गर्न शुरु गरेकोले अभियानलाई सहयोग गर्न आग्रह गरे । घेदुङले काठमाडौँ स्थित चुच्चेपाटी ( बौद्ध ) मा २८ कोठा भएको सुविधा सम्पन्न घर खरिद प्रक्रिया अघि सारेको जानकारी दिदै गोलेले एक बर्ष भित्रमा घर जग्गा घेदुङको नाममा ल्याउने लक्ष्य लिएर अभियान थालिएकोले सबैको महत्त्वपूर्ण साथ सहयोग पाउनेमा विश्वास व्यक्त गरे । घेदुङको संघीय कार्यालय भवनमा मैलेपनि लगानी गरेको छु भन्ने विश्वभरका तामाङलाई महसुस हुनुपर्छ, अध्यक्ष गोलेले भने, घर खरिदमा कोही तामाङ बञ्चित नहोस् भनेर अभियानकै रुपम घेदुङ लागिपरेको छ, हाम्रो प्रमुख उद्देश्य भवन सबै तामाङको साझा बनोस भन्ने हो ।

गोलेले घेदुङले यस वर्षलाई घर खरिद वर्ष अभियानको रुपमा लिएकाले  यसको सफलताको निम्ति आ( आफ्नो स्तरबाट सहयोग गर्न आग्रह गरे । त्रिरत्न गुम्बा सीतापुरको सभाहलमा आयोजित भेटघाट कार्यक्रममा संघीय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज भीम बहादुर घिसिङ, पूर्व संघीय सदस्य मेख बहादुर बम्जन, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्व अध्यक्ष एवम् घेदुङका जिल्ला सल्लाहकार बृजमान तामाङ, सप्तकोसी नगर घेदुङ अध्यक्ष जनक बम्जन, शम्भुनाथ नगर अध्यक्ष पदम घिसिङ, कञ्चनरूप नगर कोषाध्यक्ष तिर्थ मोक्तान, रुपनी गाउँपालिका ६ वडा अध्यक्ष अशोक तामाङ, अग्निसाईर कृष्णासवरनका मान बहादुर तामाङ, खडक नगरपालिकाका अध्यक्ष सुर्यमान गोले लगायतकाले मन्तव्य व्यक्त गरे । नेपाल तामाङ घेदुङ सप्तरीका सचिब सुर्यमान तामाङद्वारा संचालित कार्यक्रममा स्वागत घेदुङका पूर्व केन्द्रिय सदस्य एवम् त्रिरत्न गुम्बाका अध्यक्ष खडग बहादुर तामाङले गरे ।  


लोकप्रिय छुटाउनुभयो कि ?