सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दिनेश कुमार यादव विजयी भएका छन ।


निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीलाई पराजित गर्दे उनी विजयी भएका हुन् ।
यादवले २६ हजार १६६ मत प्राप्त गरे भने चौधरीले २२ हजार ३०० मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनी २०६४ देखि प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्दै आएका थिए । यादव चौथो प्रयासमा जनताबाट अनुमोदित भएका हुन् । यस अधिका निर्वाचनमा यादवले दोस्रो स्थानमा चित्त बुझाउँदै आउनु परेको थियो ।

यसैगरी सप्तरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा तथा मधेश प्रदेशका सामाजिक विकास मन्त्री समेत रहेका जनता समाजवादी पार्टी उम्मेदवार नबल किशोर साह (सुडी) विजयी भएका छन ।
निकटतम प्रतिद्वन्द्वी जनमत पाटीका उम्मेदवार डा. जयकान्त राउतलाई पराजित गर्दे उनी विजयी भएका हुन् ।
मन्त्री साहले २३ हजार ५६४ मत प्राप्त गरे भने राउतले १९ हजार ९९२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।












