Logo

विश्व एड्स दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

                     
Logo १६ मंसिर २०७९, शुक्रबार ०८:३७    

अम्बिका दहाल,राजविराज । ३५ औँ विश्व एड्स दिवसको अवसरमा सप्तरीको राजविराजमा र्याली तथा अन्तरक्रिया कार्यक्रम गर मनाएको छ । स्वास्थ्य कार्यालय राजविराजको आयोजनामा सहयोगी समाजको राजबिराजको सहभागितामा कार्यक्रम नगर परिक्रमा गरी राजविराज नगरपालिकाको सभा हलमा आई अन्तरक्रियामा  परिणत भएको थियो । ।

अन्तरक्रियालाई सम्बोधन गर्दै राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परविनले एचआइभी संक्रमित लाई भेदभाव र दुर्व्यवहार होइन माया ममता प्रदान गर्नु पर्नेमा जोड दिएन ।उनीहरूलाई खुशी साथ बाँच्ने अवस्था सृजना गर्न उनले आग्रह गरिन । 

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका डम्बर यादवले निशुल्करूपमा विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूले पाइले औषधिको नियमित सेवन गरी एचआइभी सङ्क्रमितहरू अन्य व्यक्ति सरह स्वास्थ्य जीवनशैली जीवन बाँच्न सक्ने बताए ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजकी नर्स सुनिता यादवले सङ्क्रमितले प्रयोग गरेको सुई जन्य छाला छेड्ने औजार प्रयोग गरेमा र सङ्क्रमित आमाबाट जन्मने बच्चाहरूमा मात्र एचआइभी सङ्क्रमणको सम्भावना रहने बताइन ।

ओसिएमसीकी मनिषा सिम्खडाले हाँस्दा, बोल्दा, जुठो खाँदा र एउटै तौलिया वा चर्पी प्रयोग गर्दा एचआइभी सर्छ भन्ने कुरा भ्रम मात्र रहेको बताइन ।

कार्यक्रममा प्रहरी निरीक्षक प्रमोद खड्का, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितानारायण लाल दास, नेपाल पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष अम्बिका दाहाल, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, राजविराज नगरपालिकाकी महिला,

बालबालिका, ज्येष्ठ नागरिक शाखा प्रमुख अनिता चौधरी, आदिवासी जनजाति महासङ्घकी सल्लाहकार प्रिया सिंह थारू ,स्पर्श नेपालका ललन झा,  लगायतले मन्तव्य दिएका थिए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत विभिन्न कार्यक्रम भइरहेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?