कञ्चनरूप । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत बुधबार जिल्ला भरी विभिन्न कार्यक्रम गर मनाइएको छ ।


जिल्ला सदरमुकाम राजविराजमा आसमान नेपालको संयोजनमा लैङ्गिक हिंसा बिरूद्ध ¥याली नगर परिक्रमा गर्दै अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
यसै गरी कञ्चनरूप नगरपालिकामा पनि बिभिन्न कार्यक्रम गरी लिप प्रज्वलन गरेको छ । लैङ्गिक हिंसा बिरूद्ध जन चेतना फैलाउने अभि प्रायले लिप प्रज्वलन गरिएको महिला तथा बालबालिका शाखा अधिकृत शुसिला चौधरीले बनाई । दीप प्रज्वलनमा नगर प्रमुख ललन प्रसाद गुप्ता , उपप्रमुख मुना कुमारी पोखरेल , प्रमुख प्रशासकीय अधिकृत लगायत नगरपालिकाका कर्मचारीहरूका्े सहभागिता रहेको थियो ।













