अम्बिका दहाल , राजविराज । नेकपा एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष तथा मधेस प्रदेश कमिटीका इन्चार्ज धर्मनाथ साहले काङ्ग्रेस र माओवादीले गठबन्धनलाई गठनबन्धन बनाएकै कारण हाम्रो राष्ट्रिय पार्टी बन्न नसकेको बताएका छन ।


आज सप्तरीको राजविराजमा नेकपा एकीकृत समाजवादीका सप्तरीको पाचौँ पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा उपाध्यक्ष साहले यस्तो बताएका हुन ।
विद्रोह गरेको बनेको पार्टी भए पनि गठबन्धनका कारण धेरै ठाउँमा उम्मेदवारी दिएनौ हामीलाई सानो तीनो ठानेर काङ्ग्रेस र माओवादी ठगेको भन्दै नेता साहले हामी राष्ट्रिय पार्टी बन्न सकेनौ ,अहिलेको सरकार खिचडी जस्तो छ । निति सिधान्त एकतिर र राजनीति अर्कोतिर भएको छ । सरकारको गुण र दोषको आधारमा हामी समर्थन र विरोध गर्नेछौ नभए हामी प्रतिपक्षमा छौँ । लोकतन्त्रमा प्रणालीले काम गर्नुपर्छ । यो सरकार कति टिक्छ कतिबेला टुट्छ थाहा छैन । माधव नेपालले प्रचण्डलाई पनि लिएर संघीयता , गणतन्त्र सबैलाई बचाएका छन् । हामी विसर्जनवाद चाहँदैनौ । राजनीतिमा सानोठूलो हुँदैन सिद्धान्त राम्रो चाहिन्छ ।

पाचौँ पूर्ण बैठकमा स्थायी कमिटी सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज रामपृत पासमान ,पोलिटब्युरो सदस्य एवम् मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादव , केन्द्रिय सदस्य एवम् सप्तरी इन्चार्ज तथा मधेश प्रदेश संसदीय दलको नेता गोविन्द न्यौपाने ,समाजवादी अनेमसंकी केन्द्रिय उपाध्यक्ष तथा पार्टी केन्द्रिय सदस्य , उषा पोखरेल लगायत मधेस प्रदेश कमिटीका सदस्यहरू जिल्ला कमिटी सदस्यहरू एवम् जनवर्गीय सङ्गठनका पदाधिकारी सहभागि रहेका थिए ।
पूर्ण बैठकमा स्थानीय निर्वाचन , प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन समीक्षा समेत गरिएको थियो ।












