रवि राय , राजविराज ।


राजविराज । राजविराज जेसिसको वर्ष २०२३ का लागि उज्ज्वल काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन भए सँगै पदाधिकारीले शनिबार पदस्थापना सहित शपथ ग्रहण गरेका छन् ।
जेसिज भवनको सभाहलमा आयोजित एक कार्यक्रममाबीच अध्यक्षसहितका पदाधिकारीले पदस्थापना र शपथ ग्रहण गरेका हुन् ।

कार्यकारिणी उपाध्यक्षमा बिक्रम काबरा र सुनिलकुमार मुन्ना, कानुनी सल्लाहकारमा विप्लव आनन्द, महासचिवमा रबी राय र कोषाध्यक्षमा पंकज देवलाई चयन गरिएको छ ।
उपाध्यक्षहरूमा होमश काबरा, संयोग देव, अनिल साह, रिया राय सञ्चेती, सचिवमा रञ्जना चौधरी, शाखा सम्पादकमा मनिष दास र थिम सम्पादकमा रंजिब साहलाई मनोनित गरिएको छ ।
पदस्थापन कार्यक्रमका प्रमुख अतिथि सकारात्मक भावनाका साथ अघि बढ्न नयाँ पदाधिकारीसँग आग्रह गरे । उनले ‘शासन व्यक्तिको होइन बिधीको हुनुपर्छ’ भन्ने जेसिसको दर्शन सबैले आत्मसात गर्नुपर्नेमा पनि जोड् दिए ।
कार्यक्रममा लायन्स क्लबका गर्भनर शंकर शारदा, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, केन्द्रीय सदस्य ललिता कुमारी साह, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, राजविराज जेसिसका पूर्व अध्यक्ष मनोहर पोखरेल, अधिवक्ता मनु खनाल सहितकाले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ पदाधिकारीलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए ।
कार्यक्रममा प्रहरी उपरीक्षक अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका निर्देशक टिकाप्रसाद पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, लायन्स क्लबका शेखर प्रसाद सिंह, सत्यभान प्रसाद सिंह लगायत राजविराज जेसिसका पूर्व अध्यक्षहरू, महिला मानवअधिकार रक्षक सञ्जाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायी लगायतको सहभागिता रहेको थियो ।












