Logo

शुभकामना साटासाट गरी आज इदुलफित्र मनाइदै (तस्वीरहरु)

                     
Logo ९ बैशाख २०८०, शनिबार १४:२०    

९ बैशाख कञ्चनरुप  । इस्लाम धर्मावलम्बीको महान पर्व इदुलफित्र शुभकामना साटासाट गरी आज इदुलफित्र (ईद) मनाइदै छ ।

ईदको अवसरमा मस्जिदमा प्रार्थना गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्ने एकअर्कालाई अङ्गालो हालेर ‘इद मुबारक भन्दै महिला तथा पुरुषहरूले शुभकामना साटासाट गरेका छन् ।

एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ ।

रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी सम्वत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।

दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजानमा व्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुशी हुने र एकआपसमा इदमुबारक बधाई साटासाट गर्ने प्रचलन रहँदै आएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?