१२ जेठ, कञ्चनरूप । जिल्लाको सखडा सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छ्न ।


राजविराज देखि सखडा तर्फ जाँदै गरेको प्र–२–०१–००२प२५६० नम्बरको एपाची मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा छिन्नमस्ता गाउँपालिका ३ का १८ बर्षका श्याम कुमार यादव र सोही ३० वर्षका विकास कुमार खंगको घटनास्थलमै मृत्यु भएको हो । २३ वर्ष का अजय कुमार खंग घाईते भएका छ्न ।
मृतक दुबै जनाको शव राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्ठमाटमको लागी राखिएको छ भने घाइते अजय खंगको स्थानीय क्लिनिकमा उपचार भइरहेको तथा उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।













