Logo

हमासको आक्रमणमा परि निधन भएको सम्झना गर्दै रूपनगरमा दीप प्रज्ज्वल

                     
Logo २३ आश्विन २०८०, मंगलवार १९:२४    

कञ्चनरूप । इस्लामिस्ट समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा मंगलबार साँझ कञ्चनरूप १२ स्थित रूपनगर चौक दीप प्रज्वलन गरिएको छ ।

कञ्चनरूप नगरपालिका सुरक्षित आप्रवासन इकाई (सामी)ले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरेको छ । मंगलबार कञ्चनरूप नगरपालिकाको रूपनगर चौकमा दीप प्रज्वलनसँगै कोणसभा गरिएको हो ।

कोणसभामा सम्बोधन गर्दै कञ्चनरूप नगरप्रमुख ललन प्रसाद गुप्ताले युद्ध क्षेत्रमा फसेका नेपालीको पहिचान गरी तत्काल उद्धार गर्न माग गरेका छन् । उनले घाइते विद्यार्थीको तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाउन जोडदार माग राखेका छन् । नगर प्रमुख गुप्ताले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उनले श्रद्धाञ्जली मन्तव्य राख्दै मृतकको घरपरिवारमा न्यायोचित व्यवस्थापन गरि बाँकी नेपाली विद्यार्थीहरुको यथाशीघ्र उद्धार गर्न सरकारसँग अपिल गरेका छन् ।

इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित अलुमिम कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको दुखद निधन भएको थियो । बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो ।

श्रद्धाञ्जली सभामा  विभिन्न वडाका वडा अध्यक्ष , सुरक्षित आप्रवासन इकाई (सामी) पदाधिकारी वडा सदस्य पकार लगाउन सर्वसाधारणको उपस्थितिरहेको थियो  ।

 

 


लोकप्रिय छुटाउनुभयो कि ?