Logo

स्वास्थ्यमा कञ्चनरूपको फड्को सप्तरी कै,उत्कृष्ट पालिका बन्न सफल 

                     
Logo ३० आश्विन २०८०, मंगलवार १८:०१    

कञ्चनरूप । सप्तरीको कञ्चनरूप नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । जिल्ला जन स्वास्थ्य कार्यालय सप्तरीले जिल्ला भरका पालिका मध्ये कञ्चनरूप  नगरपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेको हो ।

सप्तरीका १८ वटै पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मूल्यांकन गर्दा कञ्चनरूप नगरपालिका प्रथम,   तिलाठी कोइलाडी गाउँपालिका द्वितीय र हनुमाननगर कंकालिनी नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले बताए।

सप्तरी जिल्ला स्वास्थ्य कार्यालय सप्तरीको वार्षिक समीक्षा गोष्ठीमा आर्थिक वर्ष २०७/९०८० को १८ वटै पालिकामा स्वास्थ्यको अवस्था त्यहाँ संञ्चातिल कार्यक्रम औषधी, पोषण, खोप, सुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, एचआईभी, मलेरिया, सिकलसेल एनेमिया लगायतका क्षेत्रमा गरिएको सुचारु राम्रो रहेको आधारमा कञ्चनरूप नगरपालिका प्रथम भएको बताइएको छ ।

जिल्लाको कञ्चनरूप नगरपालिकामा विभिन्न समस्याका बाबजुद पनि स्वास्थ्य क्षेत्रमा उल्लेखनीय कार्य गरेको कार्यक्रमका वक्ताहरूले बताएका थिए  । गएको कोभिड १९ नियन्त्रणमा समेत अब्बल नगरपालिकाका रुपमा परिचित बनेको थियो ।

कञ्चनरूप नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले सप्तरी जिल्लामा उत्कृष्ट पालिका बने सङै त्यहाँको स्वास्थ्य क्षेत्रमा सबैको सहयोग साथ तथा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको अहम् भूमिकाका कारण पालिका प्रथम बनेको बताए ।

समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय प्रमुख दुनिया लाल यादव प्रमुख जिल्ला अधिकारी किरण थापा, स्वास्थ्य मन्त्रालयका सचिव डा प्रमोद यादव, प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख डा श्रवण के मिश्रा, निर्देशक स्वास्थ्य राजकोष नायक लगायतको उपस्थिति रहेको थियो । उत्कृष्ट पालिका सम्मान पत्र कञ्चनरूप नगरपालिकाका जनस्वास्थ्य अधिकृत रामसेवक यादवले ग्रहण गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?