Logo

सप्तरीका पत्रकार  सञ्जीव बिक्रम साह माथि हातपात महासङ्घद्वारा भर्त्सना

                     
Logo १ कार्तिक २०८०, बुधबार २०:५७    

कञ्चनरुप । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा जनमत पार्टीका कार्यकर्ताले नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सदस्य एवं रेडियो नेपालका सम्वाददाता र सञ्चार डटकमका सहचालक सञ्जीव बिक्रम साहलाई हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ सप्तरीको गम्भीर ध्यानाकृष्ट भएको छ ।

महासङ्घका सचिव रामनारायण विश्वासद्वारा जारी विज्ञप्तिमा डाक्नेश्वरी नगरपालिकामा बुधबार पोखरी ठेक्का सम्बन्धमा स्थानीयले गरिरहेको प्रदर्शनको रिपोर्टिङ गर्न गएका पत्रकार साहलाई जनमत पार्टीका स्थानीय कार्यकर्ताहरू अमरेन्द्र यादव र अनिल यादवले हातपात गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य समेत रहेका पत्रकार साह माथि भएको आक्रमणको महासंघ सप्तरी शाखाले भर्त्सनागरेको छ । प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउने राजनीतिक दलकै कार्यकर्ताबाट पत्रकार असुरक्षित हुनु दुःखद भएको महासङ्घले जनाएको छ । ‘रिपोर्टिङ गर्न गएका पत्रकारमाथि हातपात गरिएको घट्नाको हामी घोर भत्सर्ना गर्दछौँ । यो घट्नाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको हाम्रो ठहर छ’ महासङ्घले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘पत्रकार साहमाथि हातपात गर्ने दुबै जनालाई कानुन बमोजिम कार्यवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछौँ । कार्यवाही नगरिए हामी आन्दोलनमा उत्रने जानकारी गराउँदछौँ ।’


लोकप्रिय छुटाउनुभयो कि ?