Logo

सप्तरीमा सुन, चाँदी र भारतीय रुपैयाँ सहित  तीन जना पक्राउ

                     
Logo २२ कार्तिक २०८०, बुधबार २०:४५    

कञ्चनरूप  सशस्त्र प्रहरी बलले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ खाँडो खोलाबाट सुनचाँदी र प्रतिबन्धित भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको सुनपाती गाउँपालिका–६ खिम्टि बेसीका १७ वर्षीय उत्सव पाण्डे, लमजुङको राईनास गाउँपालिका–२ पन्थेडाँडाका १८ वर्षीय रोशन शाही ठकुरी र काठमाण्डौं–१० नयाँ बानेश्वरका १६ वर्षिय रिकेश श्रेष्ठ रहेका छन् ।

बोर्डर आउट पोष्ट ९बिओपि० तिलाठीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई चेकजाँच गर्दा उक्त सुनचाँदी र भारतीय रुपैयाँ बरामद भएको हो ।

उनीहरूको साथबाट ३१।१ ग्राम सुन, १ सय ८८।१९ ग्राम चाँदी, ५ लाख ६८ हजार ५६३ प्रतिबन्धित भारतीय रुपैयाँ र चार थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नं।६ गण हेडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज विष्टले जानकारी दिए ।

उनीहरूलाई ती समान सहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा दाखिला गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं।६ गण हेडक्वाटरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विष्टले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?