Logo

प्रदेश सांसद अनिरूद्ध सिंह यादव धरौटीमा रिहा 

                     
Logo २३ कार्तिक २०८०, बिहीबार १९:५३    

कञ्चनरूप सप्तरी प्रदेश क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित सांसद अनिरूद्ध सिंह यादव उच्च अदालत जनकपुर राजविराजको आदेशमा रिहा भएका छन् । उनलाई राजबिराज रु १ लाख २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।माओवादी नेता गोविन्द चौधरीको हत्याकाण्डमा संलग्न रहेको भन्दै उनी विरुद्ध कर्तव्य ज्यान तथा डाँका मुद्दा परेको थियो । मुल्तबीमा रहेको उक्त मुद्दामा उनलाई १७ भदौमा पक्राउ गरि १८ भदौमा सप्तरी जिल्ला अदालतमा पेश गर्दा उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।अदालतले वादी रिता कुमारी चौधरीको जाहेरीले कर्तव्य ज्यान तथा डाँका मुद्दामा नेपाल सरकारको प्रतिवादी भनिएका अनिरुद्ध सिंहलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ १ ख बमोजिम मुद्दा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।अदालतले पुर्पक्षका लागि कारागार चलान गरिए लगतै मधेस प्रदेश सभाले निलम्बन गरेको थियो ।सप्तरी जिल्ला अदालतको आदेशबिरुद्ध अनिरूद्ध पक्षले उच्च अदालतमा रिट दायर गरेको थियो । उक्त मुद्दामा बिहीबार बहस हुँदा अनिरूद्र लाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र पूर्ण प्रसाद राजवंशीको सन्युक्त इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?