नर्मदेव यादव रुपनी । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सोमबार मिटर व्याजी पीडितहरुले साहुको खेतमा लगाइएको धान कब्जा गरेका छन् ।


स्थानीय मिटर व्याजी पर्वतीदेवि चौधरीले खेत कब्जा गरि लगाएको धान पीडितहरुले कब्जामा लिएका हुन् ।
स्थानीय चितेन चौधरीको खेत कब्जा गरि १६ कठ्ठा ६ धुरमा लगाएको धान साहु पार्वतीले जबर्जस्ती काट्न सुरु गरेपछि पीडितहरुले उनीहरुलाई धपाएर धान आफैले काटेर कब्जामा लिएको मिटर व्याजी पीडित संघर्ष समितिका अध्यक्ष बच्चालाल चौधरीले बताए ।

आन्दोलनको क्रममा काठमाडौ गएको मौका पारेर मिटर व्याजी पार्वतीले २०८० असारमा तितेनको जग्गा कब्जा गरि धान रोपकी थिईन । चितेनले २०८० बैशाखमा पर्वती विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएका थिए ।
चितेनले २०७१ माघ २० गते जग्गा दृष्टि बन्धक राखी कपाली कागज समेत गरि २ लाख २२ हजार ऋण लिएका थिए । पटकपटक गरि १ लाख ५१ हजार बुझाएको तथा बाँकी ऋृण चुक्ता गर्छु भन्दा समेत जग्गा र कपाली कागज फिर्ता माग्दा पार्वती तयार नभएपछि उनी विरुद्ध निवेदन दिएको पीडितले बताए ।
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको निवेदनको आधारमा साहु पार्वतीलाई बोलाउँदा समेत उपस्थित नभई स्थानीय प्रहरीको आड लिएर धान काट्न सुरु गरेपछि आफुहरुले आफ्नो खेतीको धान काटेको उनले बताए ।
२०८० मंसिर २४ गते बोलाएको बैठकमा पार्वती उपस्थित नभएपछि गाउँमै२५ गते वडा अध्यक्ष देवनारायण चौधरीको रोहवरमा बैठक बोलाउँदा समेत नआएकी साहु पार्वतीले २५ गते जबर्जस्ती धान काट्न थालेपछि पीडितहरु समेत गएर धान काटेको स्थानीयले बताएका छ्न ।
साहु पार्वतीले आफुले उक्त जग्गा चितेनसंग खरिद गरेको बताउँदै आफुले लगाएको धान काट्न गएको स्वीकार गरे ।












