कञ्चनरूप । शंकर मावि रूपनगरलाई पराजित गर्दै लिटिल फ्लावर स्कुलले कञ्चनरूपमा सञ्चालित वर्गीय राजु गौतम प्रथम विद्यालय स्तरीय टि -२० क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ ।


माघ ६ गतेबाट सञ्चालित टि -२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा शंकर मावि काष्ठकलालाई २ विकेटले पराजित गर्दै लिटिल फ्लावरस्कुलले उपाधि हात पारेको हो ।
खेलको टस जितेर ब्याटिङमा उत्रिएको शंकर माविले १ सय ९८ रनको लक्ष्य दिएको थियो भने लिटिल फ्ल्वारले १८.३ ओभरमा ८ विकेट गुमाएर लक्ष्यका साथ गरि विजयी सुनिश्चित गरको थियो ।

लिटिल फ्लावर स्कुलका सुशील महतोले २३ बलमा ७२ रन लिन सफल भए भने सोही स्कुलका अर्का खेलाडी जयप्रकाश यादवले ४२ बलमा ४८ रन जोडेका थिए ।
शंकर माविका शिव राउतले २६ बलमा ५९, सुजन चौधरीले ३० बलमा ४६ रन र विमल मण्डलले २८ बलमा ३१ रन बनाएका थिए भने अरु व्यड्स म्यानहरुले दोहोरो अङ्क जोड नसक्दा शंकर मावि २० ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रनमा सित हुन पुग्यो ।
विजेता खेलाडीहरूलाई शिल्ड, कप, मेडल तथा प्रमाणपत्र बितरण कञ्चनरूप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले गरेका थिए भने तथा उपविजेता शंकर माविलाई स्वर्गीय राजु गौतमकी श्रीमती तथा परिवारका सदस्यले शिल्ड, कप, मेडल तथा प्रमाणपत्र प्रदान गरको थिए । प्रतियोगिता समापन क्लबका अध्यक्ष अभिषेक गौतमको अध्यक्षता सम्पन्न भएको थियो । टि –२० क्रिकेट प्रतियोगिताको मिडिया स्पोर्टका रुपमा कञ्चन२४डटकम र अवलोकित दैनिक रहेका थिए।












