भन्न त के के मन थियो


भनि साध्य भा छैन
सामाजिक सञ्जा के हेर्नु

हेरि सक्नु भा छैन
कप्पल च्यालेन्ज वाहेक केहि आ छैन
धन्न अहिलेसम्म ब्वाइफ्रेन्ड र गर्लफ्रेन्ड च्यालेन्ज भैसकेको छैन
आँखा छोपौं तो पनि भा छैन
भन्न त के के मन थियो
भनि साध्य भा छैन
कोही घरवाली देखाउँछन्,
कोही बाहिरवाली लुकाउँछन्
धन्न हामी फुर्सद का नेपाली
कोरानालाई च्यालेन्ज गर्ने ओली बा पाकै छन
गुर्जो, र्वुजो ,धामीझाँक्री पाकै छन
जे देख्यो तेसैमा च्यालेन्ज गर्ने पाकै छन
रोड पानी कराउन पाकै छन
कोरोनाले देशलाई च्यालेन्ज गरि सक्यो
उत्तर दक्षिण तिर च्यालेन्ज भ्याकै छन
डा. केसीको च्यालेन्ज कसले सुन्या छन
भन्न त के के मन थियो
भनि साध्य भा छैन
बामदेवको च्यालेन्ज जनतालाई
प्राधिकरणको च्यालेन्ज कुलमानलाई
विद्यार्थीलाई किताबको च्यालेन्ज
च्यालेन्जै च्यालेन्जमा
सकिसको ब्यालेन्स
भन्न त के के मन थियो
भनि साध्य भा छैन
अनिल आत्रेय
रुपनगर, सप्तरी












