Logo

विरेन्द्रबजारमा स्थानिय युवाको सहयोगमा डुवान परेको बस्तीको पानी निकास

                     
Logo ११ आश्विन २०७७, आईतवार १३:१५    

विरेन्द्रबजार

आश्विन ११ गते २०७७ ।

सप्तरीको रुपनी गाउपालिकाको विरन्द्रबजारबाट शनिमन्दिर जानेबाटो छेउमा बर्षाले जलमग्न भई डुवान परेको बस्तीलाई आफ्नै सहयोगमा एक युवाले जमेको पानीको निकास गराएका छन ।

तीन चार दिन निरन्तर बर्षाले जलमग्न भई डुवान परेका सप्तरीको रुपनी गाउपालिकाका वाड नं. ६को विरन्द्रबजार बाट शनि मन्दिर जानेबाटो छेउकोे बस्तीमा ३।४ फिट जमेको पानिलाई एक स्थानिय युवा रञ्जित भगतले जेसिबी ( डोजर) लगाएर ६ इन्च पाइप गाडि पानिको निकास गरेका छन ।

गाउँपालिकाका अध्यक्ष समक्ष डुवान बस्तीको समस्या राख्दा कुनै सुनवाई नभए पछि आफनै पहलमा करिव २० हजार लगाएर डुवान बस्ती पानि निकास निकालेको बताए ।

केहि दिन अघि यसै वाडका वडाध्यक्ष गोबिन्द सिंह थापा मगरको निधन भएको गाउँपालिका शोकमा छ ।

गाउँपालिकाका अध्यक्ष हरेराम यादवले त्यस ठाउँमा डुवान भएको कतै कुनै जानकारी नआएको बताएका छन ।

निरन्तर बर्षाले जिल्लाको सदरमुकाम देखी अन्य स्थानिय तह समेत डुवानमा पेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?