राजविराज आश्विन १४ गते २०७७ ।


धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक पुरुषको मृत्यु भएको छ ।
बुधबार बिहान ३ः१० बजे रग्निसाइर कृष्णासवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको प्रतिष्ठान स्थित कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत असोज १ गते उनले विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोना जाँच गराएका थिए । ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएपछि प्रतिष्ठान भरना गरिएको र कोरोना संक्रमणको शंका लागेर श्वाब जाचँ गराउदा कोरोना रिपोर्ट पोजेटिभ आएका थियो । उनमा उच्चरक्तचाप, १० वर्षदेखि मधुमेह, मृगौलाको डाइलासिस हुने गरेको थियो । प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ महिलासहित १५ पुगेको छ ।
सप्तरीमा मंगलवार १ बर्षिया वालक र नेपाली सेना गरी थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसहित सप्तरीमा संक्रमितको संख्या २३० महिला र १ हजार २९ पुरुष गरी कुल १२ सय ५९ पुगेको छ । जसमा १७६ महिला र ८२९ पुरुष गरी कुल १ हजार १५ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।












