Logo

कोरोना सङ्क्रमणबाट सप्तरीका ६७ वर्षीय पुरुषको विराटनगरको नोबेलमा मृत्यु ,मृतकको संख्या १६

                     
Logo १५ आश्विन २०७७, बिहीबार १९:१३    

कञ्चनरुप

आश्विन १५ गते २०७७ ।

विष्णुपुर गाउँपालिका ५ का ६७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आइसियूमा कक्षमा उपचाररत ती पुरुषको आज मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

वासप्रस्वासमा समस्या आएपछि वुधवार उनलाई अस्पताल भर्ना गरिएको थियो । वुधवारै गरिएको पिसिआर परिक्षणको रिपोर्ट विहिवार पोजेटिभ आएको अस्पतालले जनाएको छ ।

उनका अनुसार ती पुरुषमा मधुमेह, उच्च रक्तचाप तथा मिर्गाैला रोगको समस्या रहेको थियो । कोरानाबाट सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १६ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सप्तरीमा विहिवार ७ शैनिक सहित थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसहित सप्तरीमा कोरोना संक्रमितको संख्या १२८६ पुगेको छ भने १ हजार २३ जना कोरोना मुक्त भएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?