कञ्चनरुप,


आश्विन २३ गते २०७७ ।
सप्तरीमा बिहीबार साँझ थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

डाकनेश्वरी नगरपालिका वडा नम्बर ४ का ६७ वर्षीय बृद्धको उपचारका लागि धरानतर्फ लग्ने क्रममा मृत्यु भएको हो । उनी हाल राजविराज नगरपालिका वडा नम्बर ६ मा बस्दै आएका निमोनियाले ग्रसित रहेका थिए । ज्वरो आएपछि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए ।
कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारको लागि लगिने क्रममा मृत्यु भएको हो ।












