Logo

थप ३ हजार ५५६ कोरोना संक्रमित फेला, १८ जनाको मृत्यु

                     
Logo २७ आश्विन २०७७, मंगलवार १८:३१    

कञ्चनरुप

आश्विन २७ गते २०७७ ।

देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ कोरोना संक्रमित फेला परेका भने थप १८ जनाको मृत्युको छ ।

देश भारमा जम्मा संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ भने हालसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । आज १ हजार ५०३ जना कोरोनामुक्त छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?