Logo

सप्तरीमा १ सय ३६ उद्योग संञ्चनलमा रोक

                     
Logo १० मंसिर २०७७, बुधबार ०८:३४    

कञ्चनरुप ,

मंसिर १० गते २०७७ ।

सप्तरीको घरेलु तथा साना उद्योग कार्यालयले जिल्लाका १ सय ३६ वटा उद्योगहरु खारेजीमा परेको जनाएको छ ।

मंगलबार कार्यालयद्वारा आयोजित छैठौं उद्योग दिवसको अवसर पारेर उद्योगहरु खारेजीमा परेको उल्लेख गरेको हो ।

जिल्लामा हाल सम्म ९ हजार १ सय २७ उद्योगहरु दर्ता रहेका छन जस मध्ये ७० उद्योगतर्फ र ६६ बाणिज्यतर्फ गरि कुल १ सय ३६ उद्योगहरु २०७६÷७७ को वार्षिक प्रतिवेदनमा पूर्णरुपमा खारेजी गरेको उल्लेख छ ।

कार्यक्रममा घरेलु तथा साना उद्योगका अधिकृत सन्तोषकुमार साहले मापदण्ड पूरा नगरेको, बीचमै उद्योग बन्द भएको, बैदेशिक रोजगारीमा हिडेको, उद्योग दर्ता गरि लामो समयमसम्म संचालनमा नल्याएको तथा समयमै नवीकरण नगराएका कारण उद्योगहरु खारेजीमा परेका जानकारी दिनुभयो ।

९ हजार १ सय २७ उद्योग दर्ता भएको र यस आ.व.मो महिलाद्वारा संचालित १ सय ५ र पुरुषद्वारा संचालित २ सय ९० गरि कुल ३ सय ९५ उद्योग दर्ता भएको जानकारी दिनुभयो ।

सोही अवधीमा नवीकरण, लगत्त कट्टा, पूँजी बृद्धि, ठाउँसारी, निवेदन र अन्य दर्ता लगायतका शुल्क वापत एक करोड १५ लाख ३१ हजार ८ सय ६६ रुँपैया राजश्व समेत संकलन गरिएको कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।

कोरोनाका कारण स्वदेशमा रोजगारीको अभाव तथा विदेशमा रोजगारीका लागि गएका यूवाहरु समेत स्वदेश फर्किएपछि बेरोजगारीको समस्या अझै बढेको जानकारी गराएका उद्योग अधिकृत साहले प्रदेश २ सरकार बेरोजगारी समस्या समाधान गर्न हालै दुई वटा महत्वपूर्ण कार्यक्रम मार्फत आवश्यक बजेट समेत छुट्याएकाले यसबाट धेरै हदसम्म बेरोजगारी समस्य न्युनिकरणमा मद्दत पु¥याउने विश्वास व्यक्त गर्नु भयो ।

बेरोजगारहरुलाई रोजगारी दिन प्रदेश सरकारले ल्याएको मुख्यमन्त्री रोजगार र प्रदेश प्रमुख रोजगार कार्यक्रमले बेरोजगारी समस्या कम गर्न प्रभावकारी भूमिका खेल्ने उनको भनाई थियो ।

कार्यक्रममा सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगि लिलानाथ दाहाललाई कार्य सम्पादनमा प्रशंसनिय भूमिका निर्वाह गरेवापत नगदसहित प्रशंसापत्रले सम्मान गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?