Logo

सप्तकोसीमा कोभिड अस्पताल उद्घाटन (फोटो फिचर)

                     
Logo २२ मंसिर २०७७, सोमबार १७:२१    

खगेन्द्र कार्कि

फत्तेपुर मंसिर २२ गते

सप्तरीको सप्तकोसी नगरपालिका मा ५ सैयाको कोभिड १९ अस्पतालको सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

अस्पतालको उद्घाटन सप्तकोसी नगरपालिका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गर्दै स्वास्थ्य सेवा लिनको लागि यस भेगका जनताले टाढा जानू पर्ने बाध्यता हटेको बताउनु भयो । कोरोना महामारीको बेला आकस्मिक स्वास्थ्य सेवा उपचार बाहेक अब सप्तकोसी मै एमबिबिएस डाक्टरद्वरा सेवा दिइने वहाँले बचाउनु भयो ।

हाल सप्तकोसी नगरपालिका को वडा न १० मा २२ सैया को आइसोलेसन मात्रै रहेको र यहा बाट उपचार गर्न धरान ,बिराटनगर ,राजबिराज जानु पर्ने अबस्था लाइ मध्यनजर गर्दै आज ५ सैया अस्पतालको सुरुवात गरेको उनको भनाई छ ।अस्पतालमा आकस्मिक सेबा सहित अक्सिजन सहित को सेबा प्रबाह गरिने स्वास्थ्य शाखा प्रमुख महेश चौधरीले बताउनु भयो ।

अस्पताल उद्घाटन कार्यक्रममा स्वास्थ्यकर्मि ,समाजसेवी, राजनितिक दलका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?