कञ्चनरुप ।


सप्तरीको सप्तकोशी नगरपालिका धारटोलको सडक छेउमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
सप्तकोशी नगरपालिका—५ स्थित धारटोलको सडक छेउमा रहेको पराल माथि करिब ५०/५५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरीकार्यालय कञ्चनपुरले जनाएको छ ।

मृतक पुरुषको नाम, थर, वतन नखुल्न सकेको छैन भने उनको १÷२ दिन अगाडी नै मृत्यु भएको प्रहरीको अनुमान छ । बेवारिसे अवस्थामा शव फेला परेको पुरुष मानसिक सन्तुलन गुमाइसकेको स्थानियहरुले बताएका छन् ।
उनको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल, राजविराज लगिएको जनाइएको छ । 












