Logo

जेसीज सप्ताहको अन्तिम दिन सुदुर ग्रामिण क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण

                     
Logo २४ मंसिर २०७७, बुधबार १९:१८    

रजविराज मंसिर २४गते

राजविराज जेसीजले आज जेसीज सप्ताहको अन्तिम दिन जिल्लाको दुर ग्रामिण भेगमा अन्तरक्रिया गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–३ दौलतपुरस्थित भुसी महुलियामा जेसीजले शिक्षक, बालबालिका र दलित, आदिवासी किशोरीहरुसँग अन्तरक्रिया गर्दै स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवालको अध्यक्षता एव्म राष्ट्रिय प्राथमिक बिद्यालयका प्रधानाध्यापक शम्भुप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा बालबालिकाले पालना गर्नुपर्ने भूमिका, महिनावारी र सरसफाईबारे अन्तरक्रिया गरिएको छ ।

कार्यक्रम संयोजक रञ्जना चौधरी र राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेलले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गर्नुभयो । कार्यक्रममा जेसीजका कानुनी सल्लाहकार राजेश मण्डल, कोषाध्यक्ष सिद्धार्थ तातेड, राजविराज नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर, बिद्यार्थीहरु चाँदनी सदा, यतिका चौधरी, दिलजनी सदा, राधिका राम, लक्ष्मी पासवानले सरसफाई, महिनावारीबारे आ–आफ्नो धारण राख्नु भयो ।

अन्तरक्रियामा सहभागीहरुले धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा लैङ्गिक विभेद र हिंसाजन्य कार्य नगर्न, नसहन र प्रतिवाद गर्न आवश्यक रहेको भन्दै प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रिया पश्चात कक्षा १ देखि ५ सम्मका उत्कृष्ण बिद्यार्थीहरुलाई उपहार र सहभागीहरुलाई सेनेटरी प्याड, मास्कलगायतका सामाग्री वितरण गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?